२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

वीरगञ्जमा कर्फ्यु जारी, के छ पछिल्लो अवस्था? (सूचनासहित)

काठमाडौं । पर्साको वीरगञ्जमा शनिबार दिउँसो हिन्दू र मुस्लिम समुदायबीच भएको झडपपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। हनुमान जयन्तीको शोभायात्राका क्रममा छप्कैया चोकमा दुई समुदायबीच झडप हुँदा अवस्था तनावग्रस्त बनेपछि कर्फ्यु लगाइएको हो।

झडपका क्रममा केही पसलहरूमा आगजनी गरिएको थियो भने स्थानीय बासिन्दा र प्रहरी गरी केही घाइते भएका छन्। स्थिति नियन्त्रणमा लिन सुरक्षा निकायले ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ।

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले अहिले पनि क्षेत्रको अवस्था तनावग्रस्त रहेको जानकारी दिएका छन्।

प्रशासनले पूर्वतर्फ भेडियाही चौक (वडा १), पश्चिमतर्फ सिर्सिया पुल (वडा २५), उत्तरतर्फ गण्डक चौक (वडा १४) र दक्षिणतर्फ शंकराचार्य गेट (वडा १६) सम्मको क्षेत्रमा कर्फ्यु लागू गरिएको जनाएको छ।

प्रकाशित मिति : २०८१ चैत्र २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस