२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

एयरहोस्टेसमाथि अस्पतालभित्र यौन दुर्व्यवहार, सीसीटीभी फुटेजबाट खुल्यो आईसीयूभित्र के भयो?

काठमाडौं । भारतको हरियाणा राज्यस्थित गुरुग्रामको मेदान्ता अस्पतालमा उपचाररत एक एयरहोस्टेसमाथि यौन दुर्व्यवहार भएको छ। आईसीयूमा भर्ना भएकी ती महिलामाथि अस्पतालकै एक पुरुष कर्मचारीले दुर्व्यवहार गरेका हुन्।

भारतीय सञ्चारमाध्यमका अनुसार एक महिने तालिमका लागि गुरुग्राम पुगेकी एयरहोस्टेस पौडी खेल्ने क्रममा डुबेकी थिइन्। त्यसपछि उनलाई उद्धार गरी मेदान्ता अस्पतालको दोस्रो तलाको आईसीयूमा भर्ना गरिएको थियो।

५ अप्रिलमा ती महिलामाथि अस्पतालकै एक कर्मचारीले ‘ब्यान्ड साइज नाप्ने’ बहानामा दुर्व्यवहार गरेका थिए। मुखमा नली लागेको कारण आवाज निकाल्न नसक्ने अवस्थामा रहेकी पीडितले टाउको हल्लाएर प्रतिवाद गरेपछि ती कर्मचारी भागेका थिए।

पीडितका अनुसार दुर्व्यवहारको बेलामा आईसीयूमा दुई नर्स थिए तर उनीहरूले बेवास्ता गरेका थिए। स्वास्थ्यलाभपछि ती महिलाले श्रीमानलाई घटनाबारे जानकारी दिएकी थिइन् र दम्पतीले प्रहरीमा उजुरी दिएका थिए।

प्रहरीले पीडितको मेडिकल परीक्षण गराएको छ भने सरकारी वकिलमार्फत बयान पनि गराइएको छ। अनुसन्धानका लागि अस्पतालको सीसीटीभी फुटेज संकलन गरिएको छ। अस्पताल प्रशासनले प्रहरीलाई सहयोग गर्ने बताउँदै आवश्यक कागजातहरू उपलब्ध गराएको छ।

प्रकाशित मिति : २०८२ बैशाख ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस