२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

खुकुरी प्रहार गरी महिलाको हत्या, अभियुक्त शान्तिराम पक्राउ

www.janaboli.com;

इलाम । माई नगरपालिका-४ सिंजालीटार बस्ने ५२ वर्षीया भूमिका चापागाईंको हत्या अभियोगमा सोही ठाउँका ४२ वर्षीय शान्तिराम दुलाललाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको छ।

दुलालले धारिलो हतियार खुकुरी प्रहार गरी भूमिका चापागाईंलाई गम्भीर घाइते बनाएका थिए। खबर प्राप्त हुनासाथ प्रहरी चौकी दानाबारीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। गम्भीर घाइते भूमिकाको उपचारका लागि बिएण्डसी अस्पताल, बिर्तामोड लगिएको थियो, तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

हाल प्रहरीले घटनासम्बन्धी आवश्यक अनुसन्धान जारी राखेको छ।

प्रकाशित मिति : २०८२ बैशाख १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस