२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

३२ विमानस्थल अस्थायी रूपमा बन्द

काठमाडौं । पाकिस्तानसँग बढ्दो द्वन्द्वका कारण भारत सरकारले उत्तरी र पश्चिमी क्षेत्रका ३२ वटा विमानस्थल मे १५ सम्मका लागि अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ।

पञ्जाब, हरियाणा, राजस्थान, गुजरात, हिमाचल प्रदेश, उत्तर प्रदेश र कश्मीर राज्यहरूमा रहेका ती विमानस्थलहरूमा हवाई सेवा स्थगित गरिएको हो।

भारतीय नागरिक उड्डयन मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “उत्तर र पश्चिम भारतका ३२ विमानस्थलमा अस्थायी रूपमा उडान बन्द गर्ने सूचना सम्बन्धित उड्डयन प्राधिकरणहरूले जारी गरेका छन्।”

मन्त्रालयले सबै एयरलाइन्स तथा उडान सेवा प्रदायकहरूलाई हालको हवाई सुरक्षाको अवस्था हेरेर वैकल्पिक मार्गको योजना बनाउन अनुरोध गरेको छ।

यो कदम भारत–पाकिस्तानबीच बढ्दो सैन्य तनावका बीचमा लिइएको हो, जसले दुई देशबीचको कूटनीतिक र सुरक्षात्मक अवस्था थप जटिल बनाएको छ।

प्रकाशित मिति : २०८२ बैशाख २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस