काठमाडौं । झापामा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भद्रपुर नगरपालिका–५ का २१ वर्षीय शंकर राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ। पीडितको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले उनलाई कन्काई नगरपालिका–८ लक्ष्मीपुरबाट शुक्रबार बिहान नियन्त्रणमा लिएको हो।
त्यसैगरी, इलाममा २५ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा इलाम नगरपालिका–४ छयारछयारेका ३२ वर्षीय गोबिन्द बिष्टलाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको छ। उजुरीपछि जिल्ला प्रहरी कार्यालय इलामबाट गएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार दुवै घटनामा आवश्यक अनुसन्धान जारी छ।
प्रकाशित मिति : २०८२ जेष्ठ ११ गते शनिवार

