२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

विश्वलाई गर्भ रोक्ने खोज दिने वैज्ञानिकको निधन

काठमाडौं । गर्भपतन चक्कीका आविष्कारक, फ्रान्सेली वैज्ञानिक एटिएन एमिल बाउल्युको ९८ वर्षको उमेरमा निधन भएको छ। उनले मिफेप्रिस्टोन (आरयू ४८६) भनेर चिनिने मुखबाट सेवन गरिने ट्याबलेटको विकास गरेका थिए।

उनको यसै योगदानले विश्वभरका लाखौं महिलालाई सुरक्षित र पहुँचयोग्य गर्भपतनको विकल्प प्रदान गर्दै शल्यक्रियाको बाध्यतालाई न्यूनीकरणमा सहयोग गरिरहेको छ।

पेरिसस्थित आफ्नै निवासमा शुक्रबार उनको निधन भएको पुष्टि उनकी धर्मपत्नी सिमोन हरारी बाउल्युले एक विज्ञप्तिमार्फत गरेकी हुन्।

प्रकाशित मिति : २०८२ जेष्ठ १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस