२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

काठमाडौंमा खाना खाइरहेकी महिलामाथि खु`कुरी चल्यो, पक्राउ पर्ने को हुन्?

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–७ स्थित शिवचोकमा बुधबार राति एक महिलामाथि हतियार प्रहार भएको छ। आफ्नै घरमा खाना खाइरहेकी सीतादेवी पन्त अचानक आक्रमणको शिकार बनेकी हुन्।

पन्तको स्वास्थ्य अवस्था मध्यम रहेको र हाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले सिन्धुपाल्चोकका ३७ वर्षीय कर्णबहादुर तामाङलाई पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानअनुसार, तामाङले मदिरा सेवन गरी पन्तको कोठामा प्रवेश गरेर हतियार प्रहार गरेको खुलेको छ।

पन्तले आफूमाथि किन आक्रमण भएको हो भन्नेबारे थाहा नभएको प्रहरीलाई बताएकी छन्। पक्राउ परेका तामाङलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको छ।

प्रकाशित मिति : २०८२ असोज २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस