२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

हजार रुपैयाँ नदिँदा देवरले भाउजूमाथि गरेको कामले सबै स्तब्ध, दाईलाई पनि छोडेनन्

काठमाडौं । रकम लेनदेनको विवादका कारण विराटनगरमा एक युवकले आफ्नी भाउजूलाई एसिड प्रहार गर्दा गम्भीर घाइते भएकी छन्।

विराटनगर महानगरपालिका–९ मधुमारास्थित धोबियारी चोकका २५ वर्षीय श्रवण साहले २२ वर्षीया रागिनीदेवी साहमाथि एसिड प्रहार गरेका हुन्। यस घटनामा रागिनी गम्भीर घाइते भइ उपचाररत छिन्।

परिवारका सदस्यका अनुसार, श्रवणले भाउजू रागिनीसँग तीन हजार रुपैयाँ मागेका थिए। रागिनीले दुई हजार रुपैयाँ दिएको तर बाँकी एक हजार तत्काल दिन नसक्ने बताएपछि विवाद भएको थियो। विवादकै क्रममा उनले तेजाब प्रहार गरेका हुन्।

घटनापछि श्रवण फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ। उनले दाजु सन्तोष साहलाई समेत ज्यान मार्ने धम्की दिएको परिवारले आरोप लगाएका छन्।

रागिनीको काठमाडौंस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको र उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, फरार रहेका श्रवण साहको खोजी जारी छ भने दिउँसोसम्म उनलाई पक्राउ गर्न नसकिएको प्रहरीकी प्रवक्ता डिएसपी कोपिला चुडालले जानकारी दिएकी छन्।

प्रकाशित मिति : २०८२ असोज ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस