२०८३ भाद्र १९ गते शुक्रवार | 2026 September 4th Friday

सिके राउतलाई २४ घण्टे अल्टिमेटम

काठमाडौं । जनमत पार्टीका शीर्ष नेताहरूले पार्टी अध्यक्ष डा. सिके राउत र संगठन विभाग प्रमुख जयकान्त राउतलाई २४ घण्टाभित्र राजीनामा दिन माग गरेका छन्। माग पार्टीका उपाध्यक्ष अब्दुल खानाको नेतृत्वमा ६ जनाले बुधबार हस्ताक्षर गर्दै राखेका हुन्।

नेताहरूको भनाइ अनुसार, पार्टी नेतृत्वको कमजोर कार्यशैली, निर्णय प्रक्रियामा पारदर्शिताको अभाव र जनभावनासँग विमुख गतिविधिले पार्टीको मूल उद्देश्य र कार्यकर्ताको मर्मअनुसार काम गर्न नसकेको कारण यस्तो माग गरिएको हो।

राजीनामा माग गर्ने नेताहरूमा केन्द्रीय प्रवक्ता डा. शरतसिंह भण्डारी, जनमत युवा सङ्घका संयोजक सञ्जय यादव, स्वास्थ्यकर्मी जनमत सङ्घका संयोजक सिके सिंह, सुदूरपश्चिम प्रदेशका इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्य विक्रम बहादुर रहेका छन्।

प्रकाशित मिति : २०८२ असोज १ गते बुधवार
प्रतिक्रिया दिनुहोस