२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

‘पेटको बच्चा मेरो हो’ भन्दै पूर्वप्रेमीले गरे दुई सन्तानकी आमाको ह त्या, महिलाकी आमाले कारण बताइन्

नयाँ दिल्ली । राजधानी दिल्लीको नबी करीम क्षेत्र शनिबार राति दुईजनाको ज्यान लिने त्रासदीपूर्ण घटनाले स्तब्ध भयो। गर्भमा रहेको बच्चाको पितृत्व विवादका कारण शालिनी नामकी गर्भवती महिला र उनको पूर्व लिभ–इन पार्टनर आशु (उर्फ शैलेन्द्र) बीचको झगडाले भयावह रूप लियो।

प्रहरीका अनुसार, घटना राति करिब १०:१५ बजे घटेको हो। शालिनी आफ्ना श्रीमान् आकाशसँग ससुराको घरमा सासूलाई भेट्न गएकी थिइन्। त्यही क्रममा आशु अचानक त्यहाँ आइपुगे र आकाशमाथि चक्कु प्रहार गर्न खोजे। आकाश भागे पनि केही बेरपछि उनले आफ्नो श्रीमतीमाथि भएको आक्रमण देखेपछि रोक्न पुगे। त्यसपछि झगडा तीव्र हुँदै दुवै पुरुषबीच चक्कु प्रहार भयो।

घटनामा शालिनी र आशु दुबैको मृत्यु भयो भने आकाश गम्भीर घाइते छन्। उनको उपचार लोकनायक अस्पतालमा भइरहेको छ।

शालिनीकी आमाका अनुसार, शालिनी र आकाशका दुई सन्तान छन्। केही समयअघि शालिनी आकाशसँग सम्बन्ध बिग्रिएपछि आशुसँग लिभ–इनमा बस्दै आएकी थिइन् तर पछिल्ला महिनामा उनी पुनः श्रीमानसँग मिलापमा फर्किएकी थिइन्। यसपछि रिसाएको आशुले दाबी गर्दै आएको थियो कि शालिनीको गर्भमा रहेको बच्चा उसको हो, जसले अन्ततः यो रगतपातमा रूप लियो।

प्रकाशित मिति : २०८२ कार्तिक ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस