२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प गयो

काठमाडौं । इन्डोनेसियाको पपुवा प्रान्तमा बिहीबार ६.७ म्याग्निच्युडको भूकम्प गएको संयुक्त राज्य भूगर्भ सर्वेक्षण (USGS) ले जनाएको छ।

सर्वेक्षणका अनुसार भूकम्प करिब ७० किलोमिटर (४३.५ माइल) गहिराइमा गएको हो। यसको केन्द्रबिन्दु ६२ हजारभन्दा बढी जनसंख्या रहेको आबेपुरा शहरबाट करिब २०० किलोमिटर टाढा रहेको बताइएको छ।

प्रशान्त सुनामी चेतावनी केन्द्रले भूकम्पपछि कुनै पनि सुनामी चेतावनी जारी नभएको जनाएको छ।

प्रकाशित मिति : २०८२ असोज ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस