२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

प्रदेश सरकारमा ठूलो उथलपुथल, एकसाथ २६ नयाँ मन्त्रीले लिए शपथ

काठमाडौं । क्रिकेटर रविन्द्र जडेजाकी श्रीमती र भारतीय जनता पार्टीकी विधायक रिवाबा जडेजा गुजरात प्रदेश सरकारकी मन्त्री बनेकी छन्। अक्टोबर १७, शुक्रबार मुख्यमन्त्री भूपेन्द्र सिंह पटेलको नेतृत्वमा गठन गरिएको नयाँ मन्त्रिपरिषद्मा उनी २६ नयाँ मन्त्रीहरूमध्ये एक हुन्। यसअघि बिहीबार गुजरात सरकारका १६ मन्ीले एकसाथ राजीनामा दिएका थिए।

रिवाबा २०२२ मा जामनगर उत्तरबाट पहिलोपटक विधायक बनेकी थिइन्। नयाँ सरकारमा मजुरा क्षेत्रका विधायक हर्ष संघवीलाई उपमुख्यमन्त्री बनाइएको छ। मुख्यमन्त्री भूपेन्द्र पटेलसहित सबै मन्त्रीहरूले बिहीबार एकैसाथ राजीनामा दिएपछि शुक्रबार नयाँ मन्त्रिपरिषद् गठन गरिएको हो।

यो फेरबदल भाजपा नेतृत्वको २०२७ को चुनाव तयारीसँग जोडिएको बताइन्छ। पार्टीले क्षेत्रीय, जातीय र सामाजिक सन्तुलन कायम राख्दै नयाँ पुस्तालाई अवसर दिएको दाबी गरेको छ।

प्रकाशित मिति : २०८२ कार्तिक १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस