२०८३ बैशाख २१ गते सोमवार | 2026 May 4th Monday

डलर र युरोको भाउमा फेरबदल, यस्तो छ राष्ट्र बैंकको नयाँ दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा तोकिएको छ । यस्तै युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७८ रुपैयाँ ३५ पैसा कायम हुँदा युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ७५ पैसा र बिक्रीदर २०६ रुपैयाँ ५६ पैसा पुगेको छ । स्वीस फ्रयांकको खरिददर १९३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ २१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६४ पैसा, क्यानेडियन डलरको खरिददर १११ रुपैयाँ ५४ पैसा र बिक्रीदर १११ रुपैयाँ ९८ पैसा तथा सिङ्गापुर डलरको खरिददर ११९ रुपैयाँ र बिक्रीदर ११९ रुपैयाँ ४७ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ६५ पैसा र बिक्रीदर नौ रुपैयाँ ६९ पैसा कायम हुँदा चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ २० पैसा र बिक्रीदर २२ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ। साउदी अरेबियन रियालको खरिददर ४० रुपैयाँ ४१ पैसा र बिक्रीदर ४० रुपैयाँ ५७ पैसा तथा कतारी रियालको खरिददर ४१ रुपैयाँ ५९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७६ पैसा पुगेको छ ।

 

प्रकाशित मिति : २०८३ बैशाख २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस