काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९५ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
यता, चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार १० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : २०८३ बैशाख २० गते आइतवार

