२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

लम्बियो अभियान्ता आशिका तामाङको हिरासत बसाइ

Ashika Tamang

काठमाडौं । अभद्र व्यवहार सम्बन्धी कसुरमा स्वयम्भूबाट २ माघमा पक्राउ परेकी आशिका तामाङमाथि प्रहरीले अनुसन्धान थालेको छ। उनलाई प्रहरी वृत्त गौशालामा राखेर प्रहरीले अनुसन्धान गरिरहेको हो। उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार प्रहरी प्रतिवेदनको आधारमा गौशाला प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको हो।

पशुपति क्षेत्र विकाश कोषका कर्मचारीको विषयमा तामाङले गौशालाका डीएसपी शुकदेव खनालसँग विवाद गरेकी थिइन्। उनले प्रहरीको काममा अवरोध गरेको भन्दै प्रहरीले अनुसन्धान थालेको छ।

 

प्रकाशित मिति : २०८१ माघ ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस