२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

सैफ अली खानमाथि आक्रमणः संदिग्धको पहिलो तस्बिर सार्वजनिक

"A`ttack on Saif Ali Khan: First Image of Suspect Revealed"

काठमाडौं । बलिउड अभिनेता सैफ अली खानमाथि आक्रमण गर्ने संदिग्ध व्यक्तिको पहिलो तस्बिर सार्वजनिक भएको छ। घटना बुधबार राति करिब २स्३० बजे मुम्बईको खारस्थित गुरु शरण अपार्टमेन्टको १२ औं तलामा भएको हो।

अभिनेतामाथि चक्कु प्रहार गरिएको थियो, जसका कारण घाँटी, ढाड, हात र टाउकोमा गरी ६ स्थानमा गहिरो चोट लागेको थियो। घाइते सैफलाई राति नै लीलावती अस्पताल लगिएको थियो। अस्पतालका सीओओ डा। नीरज उत्तमानीका अनुसार, सैफको मेरुदण्डमा चक्कुको टुक्रा अड्किएको र तरल पदार्थ निस्किरहेको थियो, जसलाई शल्यक्रिया गरेर हटाइएको छ।

उनको बायाँ हातमा दुईवटा गहिरो घाउ र घाँटीमा गम्भीर चोट रहेको बताइएको छ। प्लास्टिक सर्जरीपछि सैफको अवस्था अहिले स्थिर छ।

मुम्बई पुलिसका डीसीपी गेडाम दीक्षितका अनुसार, आक्रमणकारी चोरी गर्ने उद्देश्यले घरभित्र पसेका थिए। सीसीटीभी फुटेजमा संदिग्धलाई छैठौं तलाबाट ओर्लिएको देखिएको छ। प्रहरीले जबरजस्ती घरभित्र पसेर ज्यान मार्ने प्रयास गरेको मुद्दा दर्ता गरेको छ।

सैफको घरका तीन जनालाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानले आक्रमणकारीलाई घरभित्रका व्यक्तिले नै प्रवेश गराएको आशंका गरिएको छ।

रिपोर्टअनुसार, घटना छोराहरू (तैमूर र जेह)को कोठामा भएको हो। कोठामा घरेलु कामदार फिलिप उर्फ लिमा उपस्थित थिए। आक्रमणकारीले फिलिपलाई नियन्त्रणमा लिएपछि सैफ छोराहरूको कोठामा पुगेका थिए। त्यहाँ पुग्नासाथ, अज्ञात व्यक्तिले सैफमाथि आक्रमण गरे। घरेलु कामदार समेत घाइते भएका छन् र उनीहरूलाई पनि उपचारका लागि अस्पताल लगिएको छ।

 

प्रकाशित मिति : २०८१ माघ ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस