२०८२ फाल्गुन २९ गते शुक्रवार | 2026 March 13th Friday

काठमाडौंमा भीषण आगलागी

काठमाडौं । काठमाडौंको लाजिम्पाटस्थित एक अपार्टमेन्टमा आगलागी भएको छ । लाजिम्पार्टको कम्फर्ट अपार्टमेन्टको पहिलो तल्लामा आगलागी भएको हो । आगलागीको कारण खुलिनसकेको प्रहरी वृत दरबारमार्गका डीएसपी राजकुमार श्रेष्ठले बताए ।

उनले भने,‘ अपार्टमेन्टको पहिलो तल्लामा आगलागी भएको थियो । आगलागीबाट खाट दराजलगायतको फर्निचरमा क्षति पुगेको छ भने दमकलको सहायताले आगो नियन्त्रणमा लिइसकेको छ । ’

उनका अनुसार आगो २ घण्टा अघि नै नियन्त्रणमा आइसकेको छ । आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित मिति : २०८१ माघ ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस