झापा । झापाको बाह्रदशी, कचनकवल, र बिर्तामोडका तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको छ। यस प्रविधिमा धान काटेको खेतमा खनजोत नगरी मेसिनद्वारा मकैको बीउ र मल रोपिन्छ।
बाह्रदशी–६ की किसान माता सोरेनले पहिलोपटक यो प्रविधि अपनाएकी छन्। उत्पादन समेत राम्रो हुने आशा छ, उनले भनिन्। परिश्रमपनि कम लाग्ने र लागतपनि कम भएकाले म त दंग छु उनले भनिन् ।
कृषि ज्ञान केन्द्रले युरिया, पोटास र जिङ्क मल उपलब्ध गराउँदै किसानलाई प्राविधिक सहयोग गरिरहेको छ। यो प्रविधिले लागत घटाएर माटोको गुणस्तर सुधार गर्ने कृषि कार्यालयले जनाएको छ। यो प्रविधिमा सय प्रतिशत काम मेसिनले नै गर्छ ।
प्रकाशित मिति : २०८१ माघ ७ गते सोमवार

