२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

चेकजाँचमा फोन चलाउँदा ‘माथिको पावर देखाएको’ भन्दै चितवनमा युवक कुट्ने प्रहरी निलम्बित

काठमाडौं । चितवनको भरतपुरमा युवकलाई कुटपिट गर्ने प्रहरी निलम्बनमा परेका छन्। सवारी जाँचका क्रममा ‘माथिको पावर देखाएको’ भन्दै युवकलाई लात्तीले कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि तीन सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रले डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा घटना छानबिन भइरहेको बताए। प्रहरी प्रधान कार्यालयले घटनाप्रति गम्भीर ध्यानाकर्षण गर्दै संलग्न प्रहरीमाथि कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ ।

प्रकाशित मिति : २०८१ माघ ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस