काठमाडौं । सर्वोच्च अदालतले देशभरिका खोला र नदीनालामा अवैध ढुंगा–गिट्टी उत्खनन रोक्न सरकारलाई परमादेश जारी गरेको छ।
अदालतले वातावरण संरक्षण ऐन र अन्य मापदण्ड विपरीतका उत्खनन कार्य बन्द गर्न र संलग्न व्यक्तिहरूलाई कानूनी कारबाही गर्ने आदेश दिएको हो। यस निर्णयसँगै सर्वोच्चले सरकारलाई अवैध उत्खनन नियमन गर्न निर्देशन दिएको छ।
प्रकाशित मिति : २०८१ माघ ७ गते सोमवार

