काठमाडौं । डोनाल्ड ट्रम्पले अमेरिकाको ४७ औं राष्ट्रपति पदको शपथ लिँदै कडा नीतिहरूको सुरुआत गरेका छन्। ट्रम्पले चीनलाई ट्यारिफको धम्की दिँदै टिकटकको बहानामा थप शुल्क लगाउने कुरा गरेका छन्।
त्यस्तै, क्यानडा र मेक्सिकोमाथि २५ प्रतिशत ट्यारिफ लगाउने विचार प्रस्तुत गरेका छन्। ट्रम्पको यो घोषणाले भारतीय शेयर बजारमा नकरात्मक असर पार्दै आजै सेन्सेक्स र निफ्टीमा ठूलो गिरावट आयो।
यसका कारण चीन र अन्य देशहरूसँगको व्यापारिक तनावको अवस्थामा पुगेको छ ।
प्रकाशित मिति : २०८१ माघ ८ गते मङ्गलवार

