२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

मरुभूमिमा बस्ने ऊँटलाई हिमाली जिल्ला मुस्ताङ ल्याउन खोजेपछि भयो यस्तो

हिमाली जिल्ला मुस्ताङको मुक्तिनाथ लैजाँदै गरेको ऊँटलाई गह्रौं भारी बोकाउने क्रममा उद्धार गरिएको छ। मरुभूमिजस्तो गर्मी ठाउँमा बस्ने यो ऊँटलाई हिमाली क्षेत्रको मुक्तिनाथ लैजाने प्रयास गरिरहेका थिए। केही दिन अघि पोखराको लेखनाथमा देखिएको ऊँटलाई एनिमल नेपाल, एनिमल लभर्स ग्रुप र प्रहरीले खोजी गर्दै थिए। मंगलबार बेलुकी ५ बजेतिर कास्की र तनहुँ जिल्लाको सिमाना कोत्रेमा एनिमल नेपाल र प्रहरी टोलीले उक्त ऊँट फेला पारे।

उद्धारपछि, इलाका प्रहरी कार्यालय खैरेनीटारले ऊँटलाई राख्यो र बुधबार भारत पठाउने प्रक्रिया सुरु गरियो। एनिमल नेपालका सुपरभाइजर देवराज उपाध्यायका अनुसार, जिल्ला प्रशासन कार्यालयको सिफारिसपछि २ बजे ऊँटलाई भारत फर्काइएको हो। ऊँटलाई बेलचौताराबाट दमौली, मुग्लिङ, नारायणघाट, हेटौंडा र रक्सौल हुँदै भारत पुर्‍याइएको छ।

हालैको लामो यात्रा र गह्रौं भारी बोकेको कारण ऊँट मालिकलाई ट्रकमा जान अनुरोध गरिए पनि, ऊँटको आरामको लागि हिंडेर भारत पठाउने निर्णय गरियो।

प्रकाशित मिति : २०८१ माघ ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस