२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

२८ वर्षीया अस्मिताको हनी ट्रयाप : राइस कुकरको बहानामा यसरी सिकार गर्थिन्

काठमाडौं । हनी ट्रयापमा संलग्न भएको अभियोगमा प्रहरीले २८ वर्षीया अस्मिता आचार्यलाई पक्राउ गरेको छ। चितवनको रत्ननगर नगरपालिका–८ घर भई काठमाडौंको कुलेश्वर बस्दै आएकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको हो।

अस्मिताले इलेक्ट्रिक सामान मर्मत गर्ने व्यक्तिलाई राइस कुकर बनाउने बहानामा पटक–पटक सम्पर्क गरी माग गरे अनुसार रकम नदिए जबरजस्ती करणी मुद्दामा फसाउने धम्की दिएको अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार उनले डर देखाई पीडितसँग रकम असुली गरेपछि उजुरी परेपछि पक्राउ गरिएको हो। उनलाई आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २०८१ माघ २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस