२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

केटीसँग होटलमा बसेका सागरको मृत्यु, युवती र होटल सञ्चालक पक्राउ

काठमाडौं । झापाको बिर्तामोड स्थित एभरेष्ट होटलमा एक युवक मृत अवस्थामा फेला परेका छन्। हल्दीबारीका ३० वर्षीय सागर बेस्राले युवतीसँगै होटलमा बसेका थिए।

प्रारम्भिक अनुसन्धान अनुसार, राति खाना खाएर सुतेका बेला बेस्राको मृत्यु भएको हो। कोठामा उनी बेहोस अवस्थामा लडेका थिए र होटल सञ्चालक र युवतीले उनलाई उपचारका लागि अस्पताल पुर्याएका थिए, तर चिकित्सकले मृत घोषित गरे।

मृत्युपछि होटल सञ्चालक यामकुमारी उप्रेती र युवतीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रकाशित मिति : २०८१ माघ २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस