२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

१२ वर्षीया बालिका करणी गरेको अभियोगमा १९ वर्षीय युवक पक्राउ

काठमाडौं । नुवाकोटको तार्केश्वर गाउँपालिका-१, जब्बरेका १९ वर्षीय राजकुमार दमाईलाई १२ वर्षीया बालिकासँग जबरजस्ती करणी गरेको आरोपमा सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ।

राजकुमारले ती बालिकासँग जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा दानसिंह प्रहरी चौकीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

प्रहरीले यस घटनामा आवश्यक अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति : २०८१ माघ २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस