२०८३ बैशाख ७ गते सोमवार | 2026 April 20th Monday

फेसबुकमा साइबर अपराध वृद्धि, ८१ प्रतिशत प्रभावित

A new feature added by Facebook recently

नेपालमा हुने साइबर हिंसामध्ये ८१ प्रतिशतभन्दा बढी फेसबुकमार्फत भइरहेको छ। आर्थिक वर्ष २०८०/८१ मा ६३५ बालबालिका र ८,७४५ महिला अनलाइन हिंसाबाट प्रभावित भएको तथ्याङ्क छ।

राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रिय महिला आयोग अध्यक्ष कमलाकुमारी पराजुलीले अनलाइन हिंसाका उजुरी आयोगमा आउने र साइबर ब्यूरोसँग समन्वय गरी कारबाही गरिने बताइन्।

राष्ट्रिय बालअधिकार परिषद्का सदस्य सचिव इन्द्रादेवी ढकालले बालबालिकामाथि साइबर हिंसा बढिरहेको भन्दै इन्टरनेट सुरक्षित प्रयोगबारे सचेतना आवश्यक रहेको बताइन्।

नेपाल पत्रकार महासंघ अध्यक्ष निर्मला शर्माले सबै उमेर समूहका व्यक्तिहरू अनलाइन हिंसामा पर्ने गरेको उल्लेख गरिन्। आइवर्ट नेपालका उपाध्यक्ष गीताञ्जली लामाले २०८०/८१ मा ८,७४५ महिला प्रभावित भएको प्रहरी तथ्याङ्क प्रस्तुत गरिन्।

नेपाल प्रहरीका अनुसार ७७ वटै जिल्लाबाट साइबर अपराधसम्बन्धी उजुरी दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस