म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ गुइठेभिरमा इको भ्यान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
बेनी–जोमसोम–कोरला सडकखण्डमा नारच्याङ जाँदै गरेको बा ६ च ४९४४ नम्बरको भ्यान कालीगण्डकी नदीमा खसेको हो। दुर्घटनामा भ्यान चालक अन्नपूर्ण–४ घरापकी ४० वर्षीया सुनदेवी गौचन (सरिता) को घटनास्थलमै मृत्यु भएको छ।
सख्त घाइते रुपा पुन, नमिता चोचाङ्गी र विष्णुकुमारी बुढाथोकीलाई पोखरा अस्पताल पठाइएको छ। भ्यान नारच्याङस्थित शिव मन्दिर जाने यात्रु बोकेको थियो।
प्रकाशित मिति : २०८१ फाल्गुन १४ गते बुधवार

