२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

असममा शक्तिशाली भूकम्पको धक्का

काठमाडौं । बिहीबार बिहान असमको मोरिगाउँ जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मोरिगाउँ केन्द्रबिन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रबिन्दु आसामको मोरिगाउँमा १६ किलोमिटर गहिराइमा थियो । आसाम सबैभन्दा धेरै भूकम्प प्रभावित क्षेत्रमा पर्ने राज्य हो। त्यस्ता भूकम्पका झट्काहरू प्रायः त्यहाँ महसुस भएरहेका हुन्छन् ।

प्रकाशित मिति : २०८१ फाल्गुन १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस