काठमाडौं । भारतीय राज्य बिहारमा अभियुक्त पक्राउ गर्न गएका प्रहरी सहायक निरीक्षक (असई) राजीवकुमार मल्ल स्थानीयको कुटपिटबाट मारिएका छन्। भारतीय पत्रिका हिन्दुस्तान का अनुसार मंगलबार मध्यराति सहकर्मीहरूसँग लक्ष्मीपुर गाउँ पुगेका असई मल्ललाई स्थानीयले आक्रमण गरी गम्भीर घाइते बनाए।
उनको टोलीले अभियुक्तलाई नियन्त्रणमा लिइसकेको भए पनि गाउँलेहरूले आक्रमण गर्दै छुटाएर लगे। एसपी अञ्जनी कुमारका अनुसार झडपमा गम्भीर घाइते भएका मल्लको उपचारका क्रममा मृत्यु भयो।
घटनापछि बिहारमा हंगामा मच्चिएको छ भने प्रहरी प्रशासनमा त्रास फैलिएको छ।
प्रकाशित मिति : २०८१ फाल्गुन २९ गते बिहिवार

