काठमाडौं । अष्ट्रेलियाले घरेलु हिंसामा संलग्न एक नेपालीलाई निष्कासन गरेको छ। परराष्ट्र मन्त्रालयका अनुसार थापा थरका ती नेपालीलाई गत साता थाइ एयरको जहाजमार्फत काठमाडौं फर्काइएको हो।
अष्ट्रेलियामा पक्राउ परेका उनलाई आवश्यक अनुसन्धानपछि नेपाली दूतावासको समन्वयमा डीपोर्ट गरिएको बताइएको छ। घरेलु हिंसासम्बन्धी थप विवरण खुलाइएको छैन। अष्ट्रेलियामा यस्तो अपराधलाई गम्भीर रूपमा लिइन्छ।
प्रकाशित मिति : २०८१ चैत्र ९ गते आइतवार

