काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पदबाट हटाएको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन्।
घिसिङलाई दोस्रो पटक २५ साउन २०७८ मा कार्यकारी निर्देशकको पदमा नियुक्त गरिएको थियो।
प्रकाशित मिति : २०८१ चैत्र १० गते सोमवार

