२०८३ भाद्र १६ गते मङ्गलवार | 2026 September 1st Tuesday

संक्रमणकालीन न्याय: पूर्वप्रधानन्यायाधीश मिश्र नेतृत्वको समितिलाई निरन्तरता

काठमाडौं। सरकारले संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी सिफारिस गर्न पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको समितिलाई निरन्तरता दिने निर्णय गरेको छ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले मिश्र नेतृत्वको सर्च कमिटीलाई पुनः जिम्मेवारी दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। समितिमा पूर्वमहान्यायाधिवक्ता खम्बबहादुर खाती, पूर्वराजदूत अर्जुनकुमार कार्की र अधिकारकर्मी स्टेला तामाङ सदस्य रहेका छन्।

यसअघि मन्त्रिपरिषद् बैठकअघि शीर्ष नेताहरूबीच छलफल भएको थियो। प्रधानमन्त्रीसहित कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सर्च कमिटीलाई निरन्तरता दिने सहमति जुटेपछि मन्त्रिपरिषद्ले सोहीअनुसार निर्णय गरेको हो।

प्रकाशित मिति : २०८१ चैत्र १० गते सोमवार
प्रतिक्रिया दिनुहोस