२०८३ भाद्र १६ गते मङ्गलवार | 2026 September 1st Tuesday

प्रधानमन्त्री ओलीको थाइल्याण्ड भ्रमण स्वीकृत

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली बिमस्टेक बैठकमा सहभागी हुन चैत १९ गते थाइल्याण्ड जाने भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भ्रमण स्वीकृत गरेको हो।

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार प्रधानमन्त्री चैत २३ गतेसम्म बैंककमा रहनेछन्। उनको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत रहनेछन्।

प्रकाशित मिति : २०८१ चैत्र १० गते सोमवार
प्रतिक्रिया दिनुहोस