२०८३ भाद्र १६ गते मङ्गलवार | 2026 September 1st Tuesday

कर्मचारीको तलब रोकिएपछि बालेनको चेतावनी: एक हप्ता भित्र सबैलाई टुकुचामा गाडदिन्छु

काठमाडौं । काठमाडौँ महानगरपालिकामा तीन महिनादेखि कर्मचारीहरूको तलब रोकिएको छ, जसका कारण ४,००० भन्दा बढी कर्मचारी प्रभावित भएका छन्। विद्यालयका १,८०० शिक्षकसहित अन्य कर्मचारीको तलब रोकिएको छ, र यसले विकास र भौतिक पूर्वाधारका कार्यहरूमा असर पुर्‍याएको छ।

महानगर प्रशासन विभाग प्रमुख ध्रुवकुमार काफ्ले अनुसार प्रमुख प्रशासकीय अधिकृतको अभावका कारण आर्थिक कारोबार रोकिएको र तलब भुक्तानीमा समस्या आएको छ। वडाध्यक्षहरूले यो समस्यालाई समाधान गर्न कार्यपालिका बैठकको माग गरेका छन्।

सरकारका प्रवक्ता कालीप्रसाद पराजुलीले प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरोज गुरागाईं कार्यरत रहेको र नयाँ नियुक्तिका लागि मन्त्री परिषद्को निर्णय आवश्यक रहेको बताएका छन्।

साथै, मेयर बालेन साहले सरकारले कर्मचारीलाई तलब नदिएमा एक हप्तामा कडा कदम चाल्ने चेतावनी दिएका छन्। उनले भने, “अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु, त्यति पछी हेरौँला तिमीहरुको के के तन्त्र हो।”

प्रकाशित मिति : २०८१ चैत्र १० गते सोमवार
प्रतिक्रिया दिनुहोस