२०८३ भाद्र १६ गते मङ्गलवार | 2026 September 1st Tuesday

कुलमानको बर्खास्तीविरुद्ध उर्लिएको जनलहरलाई प्रहरीले रोक्न खोजेपछि…

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ । माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वर चोकसम्म पुगेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।

प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्दै अघि बढ्न खोज्दा प्रहरीसँग धक्कामुक्की भएको थियो । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेपछि विरोध चर्किएको हो ।

सत्तारुढ दलकै केही नेताहरूले पनि निर्णयको विरोध गरेका छन् । मंगलबार बिहानैदेखि रत्नपार्कस्थित प्राधिकरण कार्यालयको सुरक्षा कडा पारिएको छ । प्रदर्शनकारीहरूले ‘उज्यालो नेपाल जिन्दावाद’, ‘कुलमान घिसिङ जिन्दावाद’ लगायतका नारा लगाएका थिए ।

प्रकाशित मिति : २०८१ चैत्र ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस