२०८३ भाद्र १६ गते मङ्गलवार | 2026 September 1st Tuesday

जब मोदी कुलमानका पक्षमा खुले…

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयले संसद्को सार्वजनिक लेखा समितिमा चर्काचर्की भएको छ।

माओवादी सांसद अमनलाल मोदीले उक्त विषयमा सुरुमै बोल्न चाहेका थिए, तर सत्तारुढ सांसदहरूले प्रतिवाद गरेका थिए। सत्ता पक्षका सांसदहरूले सुरुमा बोल्न नमिल्ने भन्दै आफ्नो पालामा मात्र बोल्न भनेपछि दुई पक्षबीच भनाभन भएको हो।

सत्तारुढ दलका सांसद तारा लामा तामाङ, रामकृष्ण यादव, मञ्जु खाण, मोहन बस्नेत लगायतका सांसदहरूले मोदीको भनाइलाई प्रतिवाद गरे। सुरुमै सभापति ऋषिकेश पोखरेल र मोदीबीच भनाभन भएको थियो।

मोदीलाई भने रास्वपाका सांसद मनिष झा र हरी ढकालले साथ दिएका थिए।

प्रकाशित मिति : २०८१ चैत्र ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस