काठमाडौं । नेकपा (एमाले)को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले काठमाडौं महानगरका मेयर बालेन शाहलाई कारबाही गर्न माग गरेको छ।
संघले मेयर शाहलाई मदिराको सनकमा स्तरहीन अभिव्यक्ति दिएको आरोप लगाउँदै कारबाहीको माग गरेको हो। कर्मचारीहरूको तलब भत्ता रोकिएको विषयलाई लिएर शाहले आपत्तिजनक अभिव्यक्ति दिएको संघको भनाइ छ।
संघले एक विज्ञप्तिमा भनेको छ, “आफ्नो पदीय जिम्मेवारी भुलेर पब र क्लबहरुमा रमाउँदै सस्तो लोकप्रियता र सामाजिक संजालमा लाइक बटुल्नका लागि यस्ता स्तरहीन अभिव्यक्ति नदिन र तथ्यलाई अतिरञ्जित गरी समाजलाई भड्काउने अभिव्यक्ति नदिन हामी सचेत गराउँछौँ।”
संघले “कहिले सिंहदरबारमा आगो लगाउँछु, त कहिले टुकुचामा गाड्छु” जस्ता अभिव्यक्तिहरूलाई आपत्तिजनक भन्दै मेयर शाहलाई कानुनी कठघरामा उभ्याउनका लागि सरोकारवाला निकायसँग जोडदार माग गरेको छ।

प्रकाशित मिति : २०८१ चैत्र ११ गते मङ्गलवार

