२०८३ भाद्र १६ गते मङ्गलवार | 2026 September 1st Tuesday

नवनियुक्त निर्देशक शाक्यलाई उर्जामन्त्रीको कडा निर्देशन, लोडसेडिङको हल्ला के हो ?

काठमाडौं । जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन्।

मन्त्री खड्काले शाक्यलाई उद्योगीहरूसँग प्राधिकरणको बक्यौता तुरुन्त असुल गर्न प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्। उनले ऊर्जा क्षेत्रलाई नेपालकै समृद्धिको प्रमुख आधारको रुपमा प्रस्तुत गर्दै, विद्युत् प्राधिकरणलाई जनताको पक्षमा काम गर्ने र नतिजा देखाउने इमान्दार कार्यका लागि प्रेरित गरे।

शाक्यले आफ्नो योग्यता र क्षमताको अधिकतम प्रयोग गर्दै प्राधिकरणलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता जनाए। मन्त्रालयका सचिव सुरेश आचार्यले पनि प्राधिकरणको साख जोगाउन र चुनौतीपूर्ण अवस्थामा काम गर्न निर्देशन दिएका थिए। नवनियुक्त कार्यकारी निर्देशक शाक्यले लोडसेडिङको हल्ला निराधार भएको दाबी गरेका छन्।

प्रकाशित मिति : २०८१ चैत्र ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस