२०८३ भाद्र १६ गते मङ्गलवार | 2026 September 1st Tuesday

काठमाडौंमा हुने १५ चैतका प्रदर्शनबारे अष्ट्रेलिया सरकारको चेतावनी

काठमाडौं उपत्यकामा १५ चैतका लागि तय गरिएको ठूला राजनीतिक प्रदर्शनलाई लिएर नेपालस्थित अष्ट्रेलियाली राजदूत लिन जोन्स्टनले सतर्क रहन आग्रह गरेकी छिन्।

उनका अनुसार प्रदर्शनका कारण ट्राफिक अवरुद्ध हुन सक्ने, ठूलो संख्यामा सुरक्षा बल परिचालन गरिने र स्थानीय प्रशासनले आवश्यक परेमा कर्फ्यू लगाउने सम्भावना रहेको छ। उनले अनावश्यक हिँडडुल सीमित गर्न, प्रदर्शन प्रभावित क्षेत्रबाट टाढा रहन र स्थानीय प्रशासनको निर्देशन पालना गर्न सुझाव दिएकी छिन्।

आउँदो चैत १५ गते काठमाडौंमा राजावादी र गणतन्त्रवादी समूहले शक्ति प्रदर्शन गर्ने तयारी गरेका छन्।

Image

 

प्रकाशित मिति : २०८१ चैत्र १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस