२०८३ भाद्र १६ गते मङ्गलवार | 2026 September 1st Tuesday

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक विपक्षी दलहरूको अवरोधका कारण स्थगित भएको छ। बिहान ११ बजे बोलाइएको बैठक विपक्षीको निरन्तर अवरोधका कारण सञ्चालन हुन सकेन।

बैठक आधा घण्टाका लागि स्थगित गरिए पनि निर्धारित समयमै सुरु हुन नसकेपछि संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सूचना जारी गर्दै बैठक दिउँसो ३ बजेका लागि सारिएको थियो। तर, दोस्रो बैठकमा पनि विपक्षी दलहरूले निरन्तर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका छन्।

प्रतिनिधिसभा नियमावलीअनुसार निर्धारित समयभन्दा दुई घण्टा ढिलो हुँदा बैठक स्वतः स्थगित हुने व्यवस्था छ। यही प्रावधानका कारण बैठक समयमै बस्न नसकेपछि सूचना जारी गरिएको थियो।

अब प्रतिनिधिसभाको अर्को बैठक बुधबार बिहान ११ बजे बस्नेछ।

प्रकाशित मिति : २०८१ चैत्र १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस