काठमाडौं । काठमाडौं महानगरपालिकाले यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) दिने परीक्षार्थीका लागि सवारी साधनको व्यवस्था गर्ने भएको छ।
आज गणतन्त्रवादी र राजावादीका प्रदर्शनले यातायात सेवा प्रभावित हुनसक्ने भएपनि, विद्यार्थीलाई गन्तव्यमा पुर्याउन महानगरपालिकाले सहयोग गर्ने जनाएको छ।
परीक्षा दिएर फर्किने क्रममा सवारी साधनको अभाव भए विद्यार्थीहरूलाई गन्तव्यमा पुर्याउन महानगरपालिकाले व्यवस्था मिलाएको छ।
महानगरपालिकाका मुख्य चार क्षेत्रबाट विद्यार्थीलाई गन्तव्यमा पुर्याउने व्यवस्था गरिएको छ।
नगर प्रहरी बललाई विद्यार्थीलाई गन्तव्यमा पुर्याउने जिम्मा दिइएको छ। बानेश्वरमा नगर प्रहरी उपरीक्षक दिनेकुमार अर्याल, रत्नपार्कमा नगर प्रहरी उपरीक्षक मनोजप्रसाद लामिछाने, नयाँ बसपार्कमा नगर प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्ट र टेकु क्षेत्रमा नगर प्रहरी निरीक्षक प्रकाश पण्डित नेतृत्वको टोली खटाइएको छ।
सम्पर्क विवरण र स्थान:
न.प्र.उ दिनेश कुमार अर्याल – ९८५१०६८०९६ (वानेश्वर)
न.प्र.उ मनोज प्रसाद लामिछाने – ९८५१०९३१७६ (रत्नपार्क)
न.प्र.ना उ पूर्णचन्द्र भट्ट – ९८५१२३३६३३ (नयाँ बसपार्क)
न.प्र.नि प्रकाश पण्डित – ९८५१०५६३४६ (टेकु)
हटलाइन: ०१५९०१७६४

