२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

आज काठमाडौँका यी महत्वपूर्ण स्थानमा यातायात प्रभावित

काठमाडौँ । शुक्रबार काठमाडौँमा गणतन्त्रवादी र राजावादीका छुट्टाछुट्टै र्‍याली, प्रदर्शन र सभाका कारण काठमाडौँ उपत्यकामा यातायात प्रभावित हुने संभावना रहेको छ।

गणतन्त्र पक्षधर चार दलीय समाजवादी मोर्चा नेपालले काठमाडौँको भृकुटीमण्डपमा प्रदर्शन गर्नेछ भने, राजावादीहरूले तीनकुनेमा सभासहित शक्ति प्रदर्शन गर्ने तयारी गरेका छन्। यिनका साथै, उपत्यकाका विभिन्न स्थानबाट र्‍याली निकाल्ने योजना पनि बनाइएको छ।

ट्राफिक प्रहरीले वैकल्पिक ट्राफिक व्यवस्थापनको योजना तयार गरे पनि सार्वजनिक विवरण भने हालसम्म दिइएको छैन। ट्राफिक प्रहरीका एसपी दीपक गिरीका अनुसार, चक्रपथ र कोटेश्वरलगायतका स्थानमा सवारी रुट परिवर्तन हुनसक्ने छ।

प्रकाशित मिति : २०८१ चैत्र १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस