काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङले सर्वोच्च अदालतमा दायर गरेको रिटको पेसी अब न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा तोकिएको छ।
यसैगरी, अघिल्लो रिक्त कार्यकालको पारिश्रमिकसहित आर्थिक सेवा सुविधा माग गर्दै नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट पनि मुसलमानकै इजलासमा परेको छ।
घिसिङको रिट पेसी इजलासको दोस्रो नम्बरमा र शाक्यको पाँचौँ नम्बरमा तोकिएको छ। दुवै बुधबार साँझ सर्वोच्च अदालत पुगेका थिए र उनीहरूको रिट निवेदन दर्ता भएको थियो।
प्रकाशित मिति : २०८१ चैत्र १४ गते शुक्रवार

