२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

जनकपुरमा १५ दिनअघिको घटनालाई लिएर झडप, दर्जनौं सेल अश्रुग्यास प्रहार

काठमाडौं । १५ दिनअघिको छुरा प्रहार घटनालाई लिएर जनकपुरमा स्थानीय र प्रहरीबीच झडप भएको छ।

जनकपुरधाम उपमहानगरपालिका–२३ विन्धीमा दोषी पक्राउको माग गर्दै स्थानीयले जनकपुर–जलेश्वर सडक अवरुद्ध गरेपछि स्थिति तनावग्रस्त बनेको हो। झडपमा प्रहरी र स्थानीय गरी दुवैतर्फ घाइते भएका छन्, तर विस्तृत विवरण आइसकेको छैन।

प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ।

१५ दिनअघि, चैत २ गते, होली खेल्ने क्रममा कुर्ता च्यातिएको विवादमा २१ वर्षीय धर्मेन्द्र महतोले १५ वर्षीय आशु यादवलाई छुरा प्रहार गरी हत्या गरेका थिए। घटनापछि प्रहरीले धर्मेन्द्रलाई पक्राउ गरिसकेको छ।

धनुषा प्रहरीले अहिले स्थिति नियन्त्रणमा आएको जनाएको छ।

प्रकाशित मिति : २०८१ चैत्र १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस