काठमाडौं। तीनकुने घटनामा पक्राउ परेका राप्रपाका नेताद्धय रविन्द्र मिश्र र धवलशमशेर राणासहित ११ जनालाई म्याद थपका लागि अदालत लगिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहोराले जनाए अनुसार, ४१ जनालाई मुद्दा चलाउने निर्णयपछि उनीहरूलाई आइतबार अदालत पेश गरिएको हो।
उनका अनुसार, ४१ जनामध्ये ११ जनालाई राज्यविरुद्धको कसुर र अरुलाई अपराधिक उपद्रव र संगठित अपराधमा मुद्दा चलाउने तयारी गरिएको छ। मिश्र र राणालाई राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता गर्न प्रहरी तयारीमा छन्।
प्रकाशित मिति : २०८१ चैत्र १६ गते आइतवार

