काठमाडौं। शुक्रबार कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा लुटपाट गर्ने ९ जना पक्राउ परेका छन्।
दुर्गा प्रसाईको नेतृत्वमा राजावादी समूहको संयुक्त आन्दोलनका क्रममा तोडफोड र लुटपाट गरेका ९ जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार र आइतबार पक्राउ गरेको हो।
पक्राउ परेकामा
- आशिष सिंह (धनुषा, मिथिला नगरपालिका-६)
- प्रेम कुमार महतो (सर्लाही, बरथहवा नगरपालिका-१६)
- रवि रञ्जन कुमार (भारत, बिहार राज्य पटना हाजिपुर)
- सुशीला कुमाल (नुवाकोट, विदुर नगरपालिका-६)
- एलिसा राई (सुनसरी, धरान)
- बालकुमारी कार्की (काठमाडौं, महानगरपालिका-३२)
- निर्मला कार्की (सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका-८)
- चित्र माया बस्नेत (सिन्धुली, तिनपाटन गाउँपालिका-७)
- सुस्मिता बराल (सिन्धुली, तिनपाटन गाउँपालिका-१६)
प्रहरी उपरीक्षक अंगुर जिसीका अनुसार, पक्राउ परेकाहरू कोटेश्वर क्षेत्रमा बस्दै आएका छन्।


प्रकाशित मिति : २०८१ चैत्र १६ गते आइतवार

