काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाललाई हाजिरी जमानीमा छाडिएको छ। उनलाई प्रदर्शनस्थलमा नदेखिएको भन्दै प्रहरीले हाजिरी जमानीमा छाडेको हो।
तीनकुनेमा भएको हिंसात्मक आन्दोलनपछि उनीसहित राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पनि पक्राउ परेका थिए।
प्रदर्शनका समयमा परीक्षा चलिरहेको र उनी परीक्षा हलमा भएको प्रदर्शनमा सहभागी नदेखिएकाले हाजिरी जमानीमा छाडिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८१ चैत्र १६ गते आइतवार

