काठमाडौं। तीनकुनेमा राजावादी समर्थक द्वारा आगजनी गरेको घटनामा मृत पत्रकार सुरेश रजक को शरीरमा गोली भेटिएको भन्ने सूचना झूठो भएको प्रहरीले स्पष्ट पारेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, घटनाबारे सूक्ष्म अनुसन्धान भइरहेको र मृतकको पोस्टमार्टम रिपोर्ट प्राप्त नभएको अवस्थामा सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाइएको हो। प्रहरी उपरीक्षक अपिलराज बोहोराले सामाजिक सञ्जालमा झूठो समाचार फैलाउने व्यक्तिहरूलाई कानूनी कारबाही गर्ने चेतावनी दिएका छन्।

प्रकाशित मिति : २०८१ चैत्र १६ गते आइतवार

