काठमाडौं। तीनकुनेमा भएको राजावादी समूहको आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंका सहयोगी देवी संग्रौला पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई भैंसेपाटीबाट पक्राउ गरेको हो।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शनमा अराजक गतिविधि गर्नेहरूको खोजी जारी छ। सो क्रममा संग्रौलालाई पक्राउ गरिएको हो।
यस प्रदर्शनमा पक्राउ परेका ४१ जनालाई म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ।
प्रकाशित मिति : २०८१ चैत्र १७ गते सोमवार

