काठमाडौं । काठमाडौँको तीनकुनेमा चैत १५ मा भएको प्रदर्शनमा घाइते भएका १७ जनाको उपचार जारी छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार, सिनामंगलस्थित केएमसी अस्पताल, महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल र ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा ती घाइतेहरूको उपचार भइरहेको हो।
घाइतेमध्ये रामहरि श्रेष्ठसहित ३ जना बिएण्डबी अस्पतालमा गोली लागेर उपचाररत छन्। एकजना घाइतेको शरीरमा सटगनबाट प्रहार गरेको कार्टिजको छर्रा लागेको पाइयो। तीनकुने घटनामा सटगनबाट प्रहरीले २३९ राउण्ड कार्टिज प्रहार गरेको छ। अर्का एक जना घाइतेको बायाँ हातमा गोली लागेको देखिएको छ।
प्रकाशित मिति : २०८१ चैत्र १८ गते मङ्गलवार

